५ कार्तिक २०८३, बिहिबार

कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा काशीराज निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २४ जेठ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा मोरङका काशीराज पराजुली निर्वाचितन भएका छन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा आइतबार र सोमबार सम्पन्न पहिलो अधिवेशनको बन्दशत्रले पराजुलीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा उदयपुरका फडिन्द्र विश्वकर्मा, महिला उपाध्यक्षमा झापाकी भिमा भट्टराई रहेका छन् । त्यसैगरी महासचिवमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङका रमेश खतिवडा, ओखलढुंगाका प्रवल घिमिरे र कोषाध्यक्षमा झापाका ठमेन्द्र पौडेल सर्वसहमत चयन भए ।

त्यस्तै सदस्यहरूमा तारावीर खड्का, दुर्गाबहादुर थापा, चन्द्रप्रकाश पोखरेल, कृष्ण रुचाल, वेन्जना गुरुङ, कल्याणी राई, पम्फा घले, महेश खनाल, निकेश भट्टराई, प्रदिप अधिकारी, टिकाराम सुनवार, डिल्ली नेपाल, प्रदिप चौलागाई, अनिल पोखरेल, शंकर आचार्य, राम निरौला, तिलक राई र यादवप्रसाद धमला रहेका छन् ।

अधिवेशनका बन्दशत्रले संघीय निजामती सेवा ऐन, कर्मचारीका सेवासुबिधा र समसामयिक बिषयसहितका ३७ बुँदे मागपत्र घोषणा गरिएको छ । अधिवेशनमा प्रदेश १ का एमाले निकट ४०० भन्दा बढी कर्मचारीहरू सहभागी रहेका थिए । अधिवेशनको उद्घाटन एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेले गरेका थिए ।