५ कार्तिक २०८३, बिहिबार

कामना सेवा विकास बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवर्द्धनका लागि वेविनार सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । कामना सेवा विकास बैंकले डिजिटल बैकिङ्ग प्रवर्द्धनका लागि अनलाइन वेविनार कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत गत शनिबार उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको बताएको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जानकारी दिएको छ ।