
काठमाडौं, २३ जेठ । नेपाल प्रहरीबाट इमानदार र अब्बल रास्ट्रसेवकको छवि बनाएका पूर्व प्रहरीप्रमुख सर्वेन्द्र खनालले देश बनाउने हो भने युवाहरूलाई दुस्साहसपूर्ण निर्णय लिन आग्रह गरेका छन् ।
बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा स्वतन्त्र युवाहरूको भेलालाई सम्बोधन गर्दै खनालले युवाहरूले साथ दिए आफू नेतृत्व गर्न तयार भएको समेत बताएका छन् । देशमा भएको बेथितिविरुद्ध युवाहरू दृढतापूर्वक लड्ने समय आएको उनको भनाइ छ ।
पछिल्लो समय खनालको राजनीतिक दौडधुप निकै बढेको छ । अब्बल र इमानदार प्रहरीको छवि बनाएका खनालले राजनीतिक रूपमा अगाडि बढ्ने संकेत गरेका छन् ।















प्रतिक्रिया