
काठमाडौं, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिसरमा आज वृक्षरोपण गरिएको छ ।
उक्त क्रममा विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बल हलचोकले जानकारी दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षरोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएका छन् ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपिएको हो ।
हेर्नुहोस् केही तस्वीरहरू–





















प्रतिक्रिया