
बारा, २२ जेठ । बाराको टागियामा निर्माण हुने भनिएको दोस्रो अन्तराष्ट्रिय बिमानस्थल नबानाउन सर्बोच्च अदालतले गरेको फैसलाबिरूद्ध बाराको जितपुरसिमरामा जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
जितपुरसिमरा सार्वजनिक सरोकार समितिको आयोजनामा भएको बिरोध कार्यक्रम सिमरा चोकबाट सुरू भएर र्यालीसहित बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभाम परिणत भएको थियो । र्यालीपछि आयोजित कोण सभामा सरोकार समितिका संयोजक मनोज पौडेलले सर्बोच्च अदालतको आदेश बिकास बिरोधि रहेको बताए ।
नेकपा एमालेका नेता समेत रहेका पौडेलले मधेश प्रदेशकै महत्वपूर्ण राष्ट्रिय गौरबको आयोजना बन्न नदिन जारी भएको आदेश डलरे एनजियो बाट परिचालित रहेको समेत बताए । पौडेलले बाताबरणको नाममा विकास रोकेर देश समृद्ध हुन नसक्ने जिकिर गरे ।
टागिया बस्तीलाई उचित व्यवस्थापन गरेर विमानस्थल बनाउनुको कुनै विकल्प समेत नरहेको बताए । कार्यक्रममा भबानीपुर जितपुर गाविसका पूर्व अध्यक्ष देव नारायण चौधरी, दिनेश्वर ठाकुरलगायत नेता तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रवीन्द्र खकुरेलले गरेका थिए ।















प्रतिक्रिया