
काठमाडौं, २१ जेठ । नेकपा एसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै घोषणा कार्यान्वयन गर्न नसक्दा नेपालमा दलित समुदायले दैनिक रूपमा विभदका घटनाहरू भोगिरहेको बताएका छन् ।
संविधानको धारा ४२ मा सामाजिक न्यायको हक, संवैधानिक दलित आयोगको स्थापना र राज्यका सबै निकायमा दलित समुदायको प्रतिनिधित्वको संबैधानिक व्यवस्था गरेको भए पनि त्यसको पूर्ण र प्रभावकारी कार्यान्वयन गर्न नसक्दा समस्या ज्यूँकात्यूँ रहेको उनको भनाइ छ ।
‘संविधानमा उल्लेख भएको गरिएको व्यवस्था व्यावहारिक कार्यन्वयन प्रभावकारी हुन नसक्दा दलित समुदायले दैन्दिन विभेदका घटनाहरु भोगीरहेका छन्,’ खनालले भने, ‘छुवाछूतमुक्त राष्ट्र घोषणालाई हामीले अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं । छुवाछुत मुक्त घोषणा गरिसकिएको अवस्थामा पनि छुवाछुत सम्बन्धि छिटपुट घटना भइरहनु दुर्भाग्यपूर्ण हो ।’















प्रतिक्रिया