
काठमाडौं, २० जेठ । नमस्ते–पे ले नेपालभर रहेका मर्चेण्टहरूमा स्मार्ट क्यूआर सेवा शुरू गरेको छ ।
नेपालका रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआरमा आधारित भुक्तानी सेवाहरू शुरू गरेको नमस्ते–पेले जनाएको छ । नमस्ते–पे प्रयोगकर्ताहरूले अब स्क्यान एण्ड पे सुविधा सुविधा प्रयोग गर्न सक्ने बताइएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजीद्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने मर्चेण्ट आउटलेटमा क्यूआरमा आधारित भुक्तानीहरू गर्न सकिने छ । स्मार्ट–पे क्यूआर नेटवर्कमा आबद्ध मर्चेण्टहरुको संख्या विस्तार गर्ने काम भइरहेको नमस्ते पेले जनाएको छ ।
नमस्ते–पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत वा ३०० रुपैंयासम्म छुट प्राप्त गर्न सकिने र निकट भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु आउने जानकारी स्मार्ट क्यूआर नेटवर्क संचालक, स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते–पे वालेट संचालक, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन् ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीमा ग्रामीण क्षेत्रको पहुँचदेखि वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।
नगदरहित समाज सृजना गर्न समर्पित रहेको नमस्ते–पेले आधुनिक सेवाहरू प्रदान गरेर बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि सेवाको पहुँच दिने उद्देश्य लिएको छ ।















प्रतिक्रिया