
काठमाडौँ, १९ जेठ । इनरुटको मौसमको सूचना नहुँदा बिहीवार छोटो दूरीको उडान तथा अवतरण (स्टल) रुट हुने सबै उडान रद्द भएको छ । स्टल रुट अन्तर्गत दुर्गम क्षेत्र उड्ने सबै वायुसेवाको उडान मौसमी सूचनाकै अभावका कारण रद्द भएको हो ।
तारा एयरको विमान दुर्घटनापछि मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणले इनरुटको मौसमसम्बन्धी निर्णय गर्ने अधिकार पाइलट इन कमाउण्डबाट खोसेर विमानस्थललाई दिएको छ ।
तर, विमानस्थल कार्यालयले इनरुटको मौसमसम्बन्धी जानकारी दिन सकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाले पनि जनशक्तिको अभावमा थप हाल दिइरहेको भन्दा थप सूचना दिन नसक्दा बुधवार र बिहीवार दुर्गम क्षेत्र जाने वायुसेवाको उडान हुन नसकेको हो ।















प्रतिक्रिया