५ कार्तिक २०८३, बिहिबार

तारा एयर दुर्घटनाका मृतकहरुको शव आज परिवारलाई बुझाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । गत आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज बिहीबार आफन्तलाई बुझाइने भएको छ ।

दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा पोष्टमार्टमको काम सकिएकाले शव बिहीबार आफन्तलाई बुझाउन लागिएको हो ।

पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र ३ जर्मनी नागरिकको निधन भएको थियो ।