५ कार्तिक २०८३, बिहिबार

सामुदायिक वन उपभोक्ता महासंघद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले सामुदायिक वनको अभियानमा लागेर पनि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघको २७औं स्थापना दिवसको अवसर पारेर आज बुधवार घोराहीमा गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएका हो ।

वन महासंघ दाङले सामुदायिक वनको अभियानमा लागेर स्थानीय तहको निर्वाचनमा निर्वाचित घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, घोराही—११ का वडाध्यक्ष कुलबहादुर लामिछाने, बबई—७ का वडाध्यक्ष तलकराम भण्डारी, घोराही—१५ का सदस्य कृष्णा राना, राजपुर गाउपालिकाका कार्यपालिका सदस्य रीता बिक लगायतलाई सम्मान गरेको वन महासंघ दाङले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एवम् वन महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष तिलकराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले सवैको साझा प्रयासबाट मात्रै वन र वातावरण क्षेत्रको बिकास गर्न सकिनेमा जोड दिएका छन ।