५ कार्तिक २०८३, बिहिबार

रौतामाईको कार्यपालिकामा एमालेको बहुमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १९ जेठ । उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्‍याएको छ ।

मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका हुन् । निर्वाचित महिला सदस्य भित्रबाट ४ र बाहिर सिमान्तकृत, अल्पसंख्यक समुदायबाट २ जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दाहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसंख्यक तर्फ बसन्तकुमार चाम्लिङ्ग राई रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिए । गठबन्धन उमेदवारलाई पछि पार्दै एमाले उमेदवार निर्बाचित भएका हुन् ।

रौतामाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ । त्यसमध्ये एमालेका ११ जना, नेपाली काँग्रेसका उपाध्यक्ष सहित ३ जना र नेकपा माओबादी केन्द्रबाट अध्यक्ष सहित २ जना रहेका छन् ।

पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भूमिकामा भने एमाले नै देखिएको छ ।