५ कार्तिक २०८३, बिहिबार

प्रचण्डको धम्कीप्रति रामचन्द्र पौडेलको जवाफः हामी हार व्यहोर्न तयार छौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । कांग्रेसलाई ठेगान लगाउने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको चेतावनीप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जवाफ दिएका छन् ।

प्रचण्डले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले कांग्रेसले धेरै दम्भ देखाए ठेगान लगाउने भन्ने चेतावनी दिएका थिए ।

प्रचण्डको त्यस अभिव्यक्तिप्रति कांग्रेस नेता पौडेलले सामाजिक सञ्जालमार्फत इतिहामा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको स्मरण गराएका छन् ।

प्रचण्डको टिव्टर एकाउन्ट उद्धृत गर्दै पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको उल्लेख गरेका छन् ।

पोडलले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ।’

सम्बन्धित

https://www.dainiknepal.com.np/2022/06/562354.html

https://www.dainiknepal.com.np/2022/06/562326.html