५ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौँ प्याथल्याब र ग्यालेक्सी स्पेसियल्टी क्लिनिकमा विशेष छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । माछापुच्छ्रे बैंक र महाराजगञ्जमा अवस्थित काठमाडौँ प्याथल्याब एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि. र ग्यालेक्सी स्पेसियल्टी क्लिनिकमा बैंकका ग्राहकहरुलाई छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौँ प्याथल्याबबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिँदा २५% सम्म छुट पाउनेछन् ।

त्यसैगरि ग्यालेक्सी स्पेसियल्टी क्लिनिकबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा २५ % सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।