६ कार्तिक २०८३, शुक्रबार

सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट प्रकरणमा जोडिए प्रधानमन्त्रीपुत्र जयवीर देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ। नयाँ आर्थिक बर्षको बजेटमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिनुपर्ने प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरको स्वार्थ जोडिएको खुलेको छ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पत्नी आरजु राणाको सहमतिका आधारमा विदेशी सेनेटरी प्याड नेपालमा सस्तोमा भित्राउनका लागि जयवीरको लविङले काम गरेको उच्च स्रोतको दाबी छ।

बेलायतमा अध्ययन गरेका जयवीरले विदेशी कम्पनीका सेनेटरी प्याड नेपालमा भित्राउनका लागि विभिन्न स्वार्थ समूहसँगको सहकार्य तिव्र पारेको पनि स्रोतको दाबी छ। सोही कारण पनि बजेटमा अर्थमन्त्री शर्माले उक्त व्यवस्था गरिदिए।

शर्मालाई राज्यमन्त्री श्रेष्ठले कन्भिन्स गरेका थिए। श्रेष्ठ शर्माको नीजि निवासदेखि अनेक लगानीमा सहयोगी रहँदै आएका छन्।

विदेशी प्याडलाई त्यत्रो छुट दिएपछि नेपालमा रहेका सेनेटरी प्याड उद्योग धराशायी बन्ने निश्चित भएको छ। कम्तिमा ४० उद्योगले नेपालमा सेनेटरी प्याड उत्पादन गर्दै आएका छन्।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छूटको घोषणा गरेको छ। हालको १५% रहेको भन्सार महशुल अब १.५% मात्र लागू हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरियलमा लाग्ने ५४ अन्तःशुल्कबारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको हो।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धी भई बन्द हुने ठहर संघले गरेको छ। डेढ अर्बको हालको आयात अत्यधिक बढेर पाँच वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन निजी क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो।

विदेशी ठूला कम्पनीको प्रलोभनका आधारमा नीतिगत निर्णय गर्ने सरकारका प्रमुखलगायतलाई रिझाइएका कारण अर्थमन्त्री शर्माले यस्तो बजेट ल्याएका हुन्। खासगरी नेपाली उत्पादनलाई प्रोत्साहन गरी विदेशी आयात कम र निर्यात ज्यादा गर्नुपर्ने भए पनि बालुवाटारको हुकुममा शर्माले काम गरेको स्पष्ट देखिन्छ।