५ कार्तिक २०८३, बिहिबार

वाईवाई ग्लोकल टीन हिरो नेपाल २०२२ को आठौं संस्करणका लागि आवेदन खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । वाईवाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन ख’ला भएको छ ।

यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिने छ । ‘वाईवाई ग्लोकल टीन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ ।

वाईवाई ग्लोकल टीन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवम् रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान गरिने छ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका सात किशोर किशोरिहरुलाई ग्लोकल टीन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया बाट तीन र श्रीलंकाबाट दुई जना सम्मनित भएका छन् । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गर्ने लक्ष लिएको बताइएको छ ।

सेप्टेम्बर १, २०२२ मा वाई वाइ ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । यस बर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवम् सम्भावना तथा समाज परिवर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन भर्न सक्ने छन् ।