५ कार्तिक २०८३, बिहिबार

बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौडा, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आजदेखि छलफल शुरू हुने भएको छ ।

नीति तथा कार्यक्रम माथिको छलफलका लागि आज बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि धारणा व्यक्त गर्ने कार्य सूची रहेको छ ।

गत जेठ १६ गते बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।