५ कार्तिक २०८३, बिहिबार

बाम एकताका लागि वार्ता र छलफल भएकै छैन, हावादारी कुरा हो : महासचिव भुसाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले पछिल्लो समय बाम एकताका लागि वार्ता र छलफल भएको भन्ने कुरा हावादारी भएको बताएका छन् ।

तत्काललाई बाम एकता असम्भव रहेको बताउँदै उनले एमालेसँग त कुनै हालतमा सहकार्य र एकता नहुने स्पष्ट पारेका छन् । आ बुधबार बिहान एक रेडियो अन्तर्वार्ताका क्रममा भुसालले भने, ‘हामीले नेकपा एमालेसँग वार्ता, छलफल गरेको भन्ने हावादारी कुरा हो ।’

संसद् चलिरहेको बेला कोही नेता सँगै बसेको वा चिया खाने अवस्था बन्यो होला तर, बाम एकता वा एमालेसँग नेकपा एसको सहकार्यबारे कुनै वार्ता तथा छलफल नभएको जिकिर गर्दै उनले भने, ‘एमाले त वामपन्थी नै होइन । दक्षिणपन्थी, विर्सजनवादी र लोकतन्त्रलाई समाप्त गर्ने पार्टी हो । अब को वामसँग तालमेल गर्ने ? एमालेसँगै जाने कुरा बिलकुल गलत हो । अहिले वामपन्थी गठबन्धन हुँदै हुँदैन ।’