५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् ।

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्यसम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति आज बुधबारदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट बैंकिङ सेवा शुरू गरेका रायमाझीले नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक (एनसीसी, मेगा, र प्रभू)मा गरी कुल २१ बर्षको बैंकिङ अनुभव हासिल गरेका छन् ।

विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरीसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने विश्वास सिभिल बैंकले गरेको छ ।