
काठमाडौं, १७ जेठ। प्रधानसेनापति प्रभुराम शर्माको अमेरिकासहित नेपाली सेना शान्ति स्थापनार्थ तैनाथ रहेका मुलुक लेबनान र सिरियाको भ्रमण तय भएको छ।
नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्मा ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमणमा सहभागी हुनेछन्।
राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्दै त्यहाँको अवस्थाको अवलोकनमा शर्मा सहभागी हुनेछन्। त्यहाँ रहेका नेपाली सेनाको मनोबल उच्च बनाउँदै उनी संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म वासिङ्टन डीसीलगायतका कार्यक्रममा सहभागी हुनेछन्।















प्रतिक्रिया