
काठमाडौं, १७ जेठ। मुस्ताङको थासाङ–२ मा दुर्घटना भएको तारा एअरको ट्वीनेटर विमानको ब्ल्याक बक्स भेटिएको छ।
उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो ।
योसँगै दुर्घटनामा मृतक सबैको शव पनि फेला पारिसकिएको छ।
विमानको फेला परेको ब्ल्याक बक्स महत्वपूर्ण मानिन्छ। उक्त बक्समा दुर्घटना हुँदासम्म पाइलटले टावरसँग गरेका संवादलगायतका रेकर्ड हुन्छन्। दुर्घटनाका बेला क्रु मेम्बरमा रहेका अन्यसँग गरेका कुराकानीको रेकर्ड समेत हुँदा कसरी दुर्घटना भयो भन्ने कारण पत्ता लगाउन सहयोगी हुने बताइएको छ ।















प्रतिक्रिया