
काठमाडौं, १७ जेठ । गरिमा विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन् ।















प्रतिक्रिया