
काठमाडौं, १७ जेठ। नेपाल प्रहरीको महानिरिक्षक (आईजी) नियुक्तिविरुद्ध परेको रिटको पूर्ण सुनुवाई सर्वोच्च अदालतमा आज हुने भएको छ।
प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आजका लागि पूर्ण सुनुवाईको मिति न्यायाधीश सुष्मालता माथेमाले तोक्दै २२ वैशाखमा अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन्।
एआईजी पोखरेलले बरिष्ठता मिचेर सरकारले तेस्रो बरियतामा रहेका एआईजी धीरजप्रताप सिंहलाई आईजी नियुक्त गरेको भन्दै सरकार, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
तर त्यसबेला अन्तरिम आदेश नभएका कारण आईजी सिंहले फूली लगाउँदै कामलाई सुचारु गर्ने बाटो खुलेको थियो।











प्रतिक्रिया