
काठमाडौं, १७ जेठ । पाँचदलीय सत्ता गठबन्धन दलहरूले अब हुने जिल्ला समन्वय समिति र बाँकी पालिकाहरूको कार्यपालिका निर्वाचन आपसी सहमितमै सम्पन्न गर्ने निर्णय गरेका छन् ।
हिजो सोमबार बसेको सत्तारुढ दलहरूको बैठले यस्तो निर्ण गरेको हो । जिल्ला समन्वय समिति र कार्यपालिका निर्वाचन सहमतिमै टुङ्ग्याउन आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय गरेका छन् ।
उक्त निर्णयमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
















प्रतिक्रिया