५ कार्तिक २०८३, बिहिबार

हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ जेठ । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि मंगलबार डिजिटल बागमती संवाद आयोजना हुने भएको छ ।

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा डिजिटल बागमती संवाद आयोजना गर्न लागिएको हो । संवाद मंगलबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा आयोजना हुने आयोजकले जनाएको छ ।

डिजिटल संवादमा बागमती प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल हुने छ ।

ह्वावेको मुख्य प्रायोजन र इन्फोडेभलपर्सको सहप्रयोजनमा आयोजना डिजिटल संवादमा बागमती प्रदेशका सरकारी, निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुने छ ।

डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिने छ । यसअघि बागमती प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना भइसकेको छ ।