
पोखरा, १६ जेठ । तारा एयरलाइन्सको जहाज दुर्घटनाबाट मृत्यु भएकाहरूको शव सङ्कलन गर्न थालिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज तथा उद्दार टोली घटनास्थल नपुग्दै जहाज पत्ता लगाएका स्थानीयको टोलीले मृतकको शव सङ्कलन गर्न थालेका छन् । स्थानीय इन्द्रसिंह शेरचनको टोली घटनास्थलमा पुगेर शव सङ्कलन गर्न लागेको हो ।
उनका अनुसार दुर्घटनाग्रस्त जहाजमा आगलागी भएको छैन । आगलागी नभएका कारण क्षतविक्षत भएका शवहरू करिब चिन्न सकिने अवस्थामा रहेको उनको भनाइ छ । ‘जहाजमा आगो लागेको देखिएन,’ उनले भने, ‘केही शव भीर र खोंचमा फसेको र केहीलाई सङ्कलन गरिरहेका छौँ ।’
‘सुरुमा शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन्,’ उनले भने, ‘विमानमा आगो लागेको छैन ।’















प्रतिक्रिया