५ कार्तिक २०८३, बिहिबार

यार्सागुम्बा टिप्न गएकाहरूले फेला पारे ताराको दुर्घटनाग्रस्त जहाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरलाइन्सको नाइन एन एईटी ट्वीनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

जहाज सम्पर्कविहीन भएसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्दार टोली दिनभर परिचालित भए पनि जहाज फेला पार्न सकिएको थिए । आज सोमबार बिहान पनि सोही टोली परिचालित भएको केहीबेरमै जहाज भेटिएको खबर आएको हो ।

मुस्ताङका डीएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्वी पठाएका हुन् । अहिले नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको उहाँले जानकारी दिए ।

पाइलट प्रभाकर घिमिरेले उडाएको सो जहाजमा चालक दलका तीन जनासहित २२ जना सवार थिए ।