५ कार्तिक २०८३, बिहिबार

दुर्घटनाग्रस्त अवस्थामा भेटियो ताराको जहाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ जेठ । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जहाज भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–२ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

पोखराबाट जोमसोस उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमानमा चालक दलसहित २२ जना सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै, विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।