
काठमाडौं, १६ जेठ । हराइरहेको तारा एयरको जहाज खोज्न आज सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएका छन् ।
आज बिहान ५ बजेदेखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो । आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको जहाज हालसम्म सम्पर्कविहीन छ ।
आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन् । प्रतिकुल मौसमका कारण आज पनि हेलिकोप्टरको उडान प्रभावकारी हुन नसकिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार जना भारतीय र १३ नेपाली यात्रु थिए ।















प्रतिक्रिया