६ कार्तिक २०८३, शुक्रबार

करिब तीन किलोग्राम गाँजासहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १६ जेठ । जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ ईनरुवास्थित सीमा ईलाकाबाट करिब तीन किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ३३ वर्षीय अली हुसैन छन् । उनलाई हिजो आइतबार सशस्त्र प्रहरीले करिब दुई केजी ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निजले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

त्यसवेला उनको साथबाट ४ हजार नेपाली रुपैयाँ, ५ सय भारती रुपैया, आयकर कार्ड एक थान, आधार कार्ड एक थान, दुई थान मोवाईल सेट समेत बरामद गरिएको छ ।

पक्राउ परेका हुसैनलाई बरामद गाँजा, रुपैया, कार्ड र मोवाईलसहित आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।