
काठमाडौँ, १४ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम करिब आइसकेको छ ।
समग्र परिणाममा धेरै मत नेकपा (एमाले)ले ल्याए पनि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जित्दै पहिलो पार्टी बनेको छ ।
निर्वाचन आयोगद्वारा जारी विवरणअनुसार देशभरका स्थानीय पालिकाको प्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्षमा एमालेले ३७ लाख ३८ हजार ९७७ मत पाएको छ । जुन ३५ प्रतिशत हो । प्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्षमा नेपाली कांग्रेसले ३२ लाख ५५ हजार ३३० मत ल्याएको छ । जुन ३० प्रतशित हो । यसरी पालिकाको नेतृत्वमा कांग्रेसले बढी सिट ल्याए पनि मत भने एमालेले बढी ल्याएको छ ।
त्यस्तै, सरकारको नेतृत्व गरेको कांग्रेसले १३७१९ पदमा विजयी हुँदै पहिलो पार्टी बनेको छ जुन ३९.२ प्रतिशत हो । उता एमाले भने ११८६७ पदमा निर्वाचित हुँदै दोस्रो दल बनेको छ जुन ३३.९ प्रतिशत हो ।
कुन दलले कति सिट जिते ?















प्रतिक्रिया