५ कार्तिक २०८३, बिहिबार

मधेसमा एमाले बन्यो दोस्रो दल, खुम्चिए माओवादी र मधसवादी दल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १४ जेठ । गत वैशाख ३० गते देशैभर भएको स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसकेको छ ।

यसैबीच मधेश प्रदेशमा दलहरुको हैसियत बदलिएको छ । अघिल्लो निर्वाचनमा चौथो भएको नेकपा एमाले लोकप्रिय मतसहित दोस्रो भएको छ ।

पछिल्लो समय एमालेप्रति मधेशमा आकर्षण बढिरहेको तथ्य निर्वाचनको परिणामले प्रमाणित गरेको हो ।

अघिल्लो निर्वाचनमा मधेशमा एमालेप्रति बनेको नकारात्मक बदलिएको यसपालीको निर्वाचनले संकेत गरेको छ ।

ओली प्रधानमन्त्री भएका बेला मधेसमा अघि बढाइएको विकासको लहर, ओलीलाई अनेक थरी आरोप लगाउने मधेसवादी दलका नेताहरुप्रतिको मधेसी जनताको भ्रम टुट्नु नै एमालेलाई लोकप्रिय जनमत दिने कारक रहेको छ ।

मधेस प्रदेशका ८ जिल्लामा १ सय ३६ स्थानीय तहमध्ये नेपाली काँग्रेसले ४५ वटा स्थानीय तह जितेर पहिलो बनेको छ ।

त्यसैगरी, ३० वटा स्थानीय तहको नेतृत्वको विजयसहित एमाले दोस्रो हुँदा मधेशवादी दलहरु जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी निकै कमजोर देखिएका छन ।

जसपाले २६ स्थानीय तह जितेको छ भने लोसपाले १४ स्थानीय तह जितेको छ ।

त्यस्तै, मधेशमा नेकपा माओवादी केन्द्र तीन गुणा सानो आकारमा खुम्चिएको छ ।

माओवादीले जम्मा ९ वटा स्थानीय तह मात्र जितेको छ । त्यस्तै, नेकपा एसले ६ वटा स्थानीय जितेको छ भने जनमत र तमलोपाले २÷२ वटा स्थानीय तह जितेका छन् ।

त्यसैगरी स्वतन्त्र २ र विवेकशिल साझाले १÷१ वटा स्थानीय तह जितेका छन ।

जनमतमा भने काँग्रेस र एमाले करिब हाराहारीको अवस्थामा छन् । काँग्रेसले ५ लाख ६६ हजार ४ सय ७३ मत ल्याउँदा एमालेले ५ लाख ३ हजार १ सय ४७ मत पाएको छ । जसपाले ३ लाख ९५ हजार ६ सय ८१ मत पाएको छ । माओवादी केन्द्र २ लाख ५६ हजार ७ सय ४३ मत पाउँदा लोसपाले २ लाख २ हजार २ सय ७१ मत पाएको छ ।