
काठमाडौँ, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि देश दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले सत्तारुढ गठबन्धन टुटेमा अझै पनि देश दुर्घटनामा पर्ने खतरा रहेको चेतावनी दिएकका हुन् ।
यसअघि चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नी सुपुत्री रेणु दाहालले नजिते देश दुर्घटनामा जाने चेतावनी दिएका थिए । त्यस अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो ।
प्रचण्डले आफूले भरतपुरमा दिएको अभिव्यक्तिबारे धम्कीका रुपमा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाएका छन् ।
संसद बैठकमा प्रचण्डले भने–मैले भरतपुरमा जनतालाई सतर्क गराएको कुरालाई धम्की भनियो । यदि गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान्छ भनेकै हो, फेरि पनि भन्छु यदि यो गठबन्धन कमजोर भयो भने दुर्घटनाको खतरा छ ।















प्रतिक्रिया