५ कार्तिक २०८३, बिहिबार

प्रदेश र संघको चुनाव मंसिरभित्र हुनुपर्छः विष्णु पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सरकारले अघि बढिसकेका परियोजनाहरुलाई समेत बेवास्ता गरेको बताए ।