५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई ह्यासट्याग फुड तथा बारमा १० प्रतिशत छूट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । बैंक अफ काठमाण्डूका ग्राहकले ह्यासट्याग फुड तथा बारमा १०% छूट पाउने भएका छन् ।

उक्त छूट सुविधा उपलब्ध गराउने बैंक अफ काठमाण्डू र ह्यासट्याग फुड तथा बारबीच समझदारी भएको छ । समझदारी अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले तोकिएको छूट प्राप्त गर्ने छन् ।

साथै ह्यासट्याग फुड तथा बार, एयरपोर्ट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% सम्मको छूट पाइने बैंकले जानकारी दिएको छ । उक्त छुट सुविधा उपयोग गर्नका लागि बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।

ह्यासट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ भने बैंक अफ काठमाण्डूले ९८ वटा शाखा कार्यालयहरु, ९३ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।