
काठमाडौं, १४ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान सहयोग गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान मानव कल्याण समाजलाई हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाका प्रमुख उज्वल श्रेष्ठले संयुक्त रुपमा उक्त सामान संस्थालाई हस्तान्तरण गरेका थिए ।
मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २ सय जनाभन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया