६ कार्तिक २०८३, शुक्रबार

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई दुःख हैरानी र चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानिपुर गाउँपालिका–४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार यादव र मोरङ विराटनगर महानगरपालिका–१७ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–३ मा अस्थायी रुपमा बसोवास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीम रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल वाट्सएप फेसबुक लगायतमा पोष्ट गर्ने, आफन्त र साथीभाइलाई पठाई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेईज्जत गराइ चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको बताइएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५/५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।