
काठमाडौँ, १३ जेठ । रूपन्देहीको तिलोत्तमा भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोबाट इन्धन लोड गरी हिँड्न लागेका दुईवटा टयांकरमा आगलागी भएको छ ।
आगो नियन्त्रणको लागि ३ वटा दमकल घटनास्थलमा पुगेका छन् । तिलोत्तमा र सिद्धार्थनगरका दमकलले आगो नियन्त्रणको प्रयास जारी रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।















प्रतिक्रिया