६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरमा पराजित भएपछि केशव स्थापितले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । मेयर विद्यासुन्दर शाक्यपछि काठमाडौं महानगरपालिकाको बागडोर सम्हाल्ने अपेक्षाका साथ खडा गरिएका एमालेका उम्मेदवार केशव स्थापित पराजित भएका छन् ।

काठमाडौं महानगरकै पूर्वमेयर समेत रहिसकेका उनी स्वतन्त्र उम्मेदवार गायक बालेन्द्र साहसँग पराजित भएका हुन् । त्यसो त नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पनि बालेनले भारी मतान्तरका साथ पराजित गरेका छन् ।

काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उम्मेदवार स्थापितले आफूलाई प्राप्त परिणाम अप्रत्याशित भएको बताएका छन् । ‘यो नतिजा एकदमै अप्रत्याशित हो,’ उनले भने, ‘यस्तो परिणाम के कसरी आयो यसबारे अनुसन्धान जरुरी छ ।’

काठमाडौं महानगरपालिकाको अप्रत्याशित परिणामबारे आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।