
काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित निर्वाचित भएकी छिन् ।
नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा डंगोल विजयी भएकी हुन् । डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले २३ हजार ८०६ मत पाए ।
डंगोलले ४४ हजार ८०६ मतान्तरका साथ श्रेष्ठलाई पराजित गरेकी हुन् ।















प्रतिक्रिया