६ कार्तिक २०८३, शुक्रबार

उदयपुरमा नातीद्वारा हजुरआमाको हत्या, दिनदेखि बेपत्ता युवाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, १२ जेठ । उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कटारी नगरपालिका–७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खुकुरी प्रहार गरी हत्या गरेर भागेको बताइएको छ ।

घर जग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारलाई खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

नाति रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी ल्याएका हुन् ।

दिनदेखि बेपत्ता युवाको लास फेला

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको शव फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको लास भेटिएको हो ।

उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदाको लास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लास फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घटना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पूरा गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ ।