
बाजुरा, १२ जेठ । बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ ।
यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । आयोगले आज बिहीबार विज्ञप्ति निकालेर वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यस्तै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ ।
उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको पनि निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया