
काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णय खारेज गर्ने फैसला गरेको छ ।
अदालतले अहिलेसम्म सरकारका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको हो ।
बिहीबार न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार सो फैसला गरेको हो ।
त्यस्तै, अदालतले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिए अन्यत्र खोज्न आदेशसमेत दिएको छ ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो ।















प्रतिक्रिया