
काठमाडौँ, १२ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया