
काठमाडौँ, १२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् ।
बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’
नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरू रहेको उनले बताए ।
ओलीले नीति तथा कार्यक्रममा व्याकरण समेन नमिलेको बताए । ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरहरूभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरू छन् ।’















प्रतिक्रिया