५ कार्तिक २०८३, बिहिबार

चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै गरे तीन वटा निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गरेका छन् ।

उनले वुधबार पदभार ग्रहण गर्दै वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने निर्णय गरेका छन् ।

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनले बताए ।

त्यस्तै, उनले अनलाइनमार्फत राजस्व संकलन गर्ने घोषणा समेत गरेका छन् ।