५ कार्तिक २०८३, बिहिबार

एमाले महासचिव पोखरेलको गृहनगर दाङको तुलसीपुरमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ११ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको गृहनगर दाङको तुलसीपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै एमालेले सानदार विजय हासिल गरेको छ ।

उपमहानगरको मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४ सय ८ मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत मात्रै पाएका छन् ।

त्यस्तै, उपमेयरतर्फ पनि एमालेकै स्यानी चौधरी निर्वाचित भएकी छन् । चौधरीले ३० हजार ५ सय ९७ मतसहित विजयी हुँदा गठबन्धनबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत मात्रै पाए ।

एमालेले यसअघि दाङकै घोराहीमा पनि विजय हासिल गरिसकेको छ ।