५ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा बालेन र सुनिताको जित निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ ।

गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको ४० हजार बढी मतान्तर भएकाले उनको जित सुनिश्चित भएको हो ।

काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् ।

त्यस्तै, मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित भएको छ ।

अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् ।

एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।