५ कार्तिक २०८३, बिहिबार

पोखराको मतगणना ७ घण्टापछि पुनः सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको मतगणना ७ घण्टापछि पुनः सुरु भएको छ ।

वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएको थियो । त्यसपछि रोकिएको गणना पुनः सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेको निवेदन कारबाहीको क्रममा रहेको र छानबिन हुने प्रतिवद्धता जनाएपछि मतगणना सुरु भएको हो ।

२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिँदा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७ हजार ७२ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मत ल्याएका छन् ।