५ कार्तिक २०८३, बिहिबार

मत कम भएको भन्दै पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० जेठ । नेकपा (एमाले)ले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ ।

एमालेले वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।

पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिएका छन् ।

दुवै वडाको नतिजामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।