६ कार्तिक २०८३, शुक्रबार

मत गणना नसकिदै विजयी बनेकी रेणुलाई अघिल्लो निर्वाचनको भन्दा धेरै मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० जेठ । मत गणना कार्य सम्पन्न नहुँदै विजयी बनिसकेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अघिल्लो निर्वाचनको भन्दा धेरै मत प्राप्त गरेकी छिन् ।

जारी मत गणनाको आज मंगलबार बिहानसम्मको परिणाम अनुसार दाहालले ५१ हजार ११२ मत प्राप्त गरेकी छिन् । उनले अघिल्लो पटक भरतपुरको मेयर निर्वाचित हुँदा ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन् । उनका तत्कालीन निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए ।

भरतपुरको हालसम्म १ लाख २५ हजार ८४२ गणना सकिएको छ । यो अवधिमा दाहाललाई १२ हजार १४० मतको अग्रता छ ।

एमाले​–राप्रपा गठबन्धनबाट एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् । उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् । उनी पनि विजयी बनिसकेका छन् ।

उनलाई एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मतसहित पछ्याई रहेकी छिन् ।